Nepalese teenager crams a staggering 138 pencils into his mouth

काठमाडौं, माघ २१ – नेपालका एक युवाले एक अनौठो काम गरेर विश्व रेकर्ड बनाएका छन् । १९ वर्षका राजा थापाले आफ्नो मुखमा १ सय ३८ वटा पेन्सिल राखेर विश्व रेकर्ड बनाएका हुन् । यो रेकर्ड पहिले भारतका दिनेश शिवनाथन उपाध्यायको नामका थियो .शिवनाथनले आफ्नो मुखमा ९२ वटा पेन्सिल राखेका थिए । आफ्नो मुखमा ३२ वटा मैनबत्ती बालेरसमेत राखेका राजाले आफूलाई अनौठा किसिमका काम गर्न रमाइलो लाग्ने प्रतिक्रिया दिए । ‘मैले नेपालमा धेरै अनौठा रेकर्डहरु तोडिएको देखेको थिएँ, त्यसैले मलाईपनि त्यस्तै केही गर्ने इच्छा थियो’ राजाले भने, ‘ मलाई यस्तै अनौठा काम गरेर मान्छेलाई खुसी दिन मन लाग्छ ।’ सेकुरिटी गार्डको काम गर्ने राजाले अरु पनि अनौठा रेकर्ड बनाउन सक्ने विश्वास व्यक्त गरे ।
Previous
Next Post »